काठमाडौँ । द भेलोसिटि स्कुलले गाईजात्रा महोत्सव सम्पन्र गरेको छ । कागेश्वरी मनोहरा नगरपालिमा अवस्थित स्कुलले विभिन्न तहका विद्यार्थीहरूको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।

महोत्सवमा विभिन्न तहका विद्यार्थीहरूले आफ्नो प्रस्तुतिहरू प्रस्तुत गर्नुका साथै सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । महोत्सवमा स्कुलका विद्यार्थीहरूले नाटक, नाच र गितका साथै सुरेन्द्र क्षेत्रीको लेखक निर्देशकमा तयारी पारिएको 'यमराज भर्सेस पापिहरू' नाटक मञ्चन गरिएको थियो ।
बोल्दै संस्कृतविद योगराज सापकोटाले, 'पछिल्लो समय हाम्रो परम्परा रितिरिवाजहरू नष्ट हुदैँ गइरहेकाे परिपेक्षमा हामीले सम्पूूर्ण जातजाति, धर्मावलम्बीहरूको पर्वहरूलाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो ।'
द भेलोसिटि स्कुलका प्रधानाध्यापक रेखा खनालले, महोत्सवको अन्त्य गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू गर्न आवश्यक रहेको र यसले सबैको दक्षता क्षमता प्रस्तुत सहित आफुभित्र लुकेर बसेको प्रतिभा प्रष्फुटन हुने बताउनुभयो । उहाँले, स्कुलले हरेक बर्ष गाई जात्रा महोत्सव गर्दै आइरहेको र यसले आफ्नो देशको कला, संस्कृति र परम्परालाई बचाई राख्न महत्त्वपूर्ण योगदान पुर्याउने हुँदा यस्ता महोत्सवहरू आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।
महोत्सवको सभापतित्व द भेलोसिटि स्कुलका प्रधानाध्यापक रेखा खनालले गर्नु भएको थियो भने, प्रमुख अतिथिका रूपमा कागेश्वरी मनोहर नगरपालिकाका मेयर उपेन्द्र कार्की रहनु भएको थियो । महोत्सवमा गायक भोजराज काफ्ले, जादूगर राजेन्द्र गिरि लगायत विभिन्न क्षेत्रका कलाकारहरू सहित विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका लगायत विभिन्न तह र तप्काका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने कलाकार, सञ्चारकर्मी लगायतका व्यक्तत्वहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।