मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

दक्ष खबर 15591+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं ।  बिवाहित र अबिवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ ।

आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् । 

यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फर्स्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रालीका अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने जानकारी दिए । 

शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फर्स्ट रनरअप मेरिता र मिसेस तर्फकी फर्स्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो । 

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ का बिजेताहरुले आफूहरुमा आत्मबल बढेको बताए । सुरुमा आफूहरुलाई सामुहिक रुपमा बस्दा कन्फिडेन्ट नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगीतामा आइसकेपछि धेरै कुरामा कन्फिडेन्ट बढेर आएको बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार