सेन्ट लरेन्स कलेज र जापानकाे ‘लाईफ स्टेज एनपिओ’बीच सहमति, चार जना विद्यार्थीले ‘जव प्लेसमेन्ट’ पाउने

दक्ष खबर 9780+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ । सेन्ट लरेन्स कलेजमा बीएसडब्ल्यू (स्नातक तह) उर्तीण विद्यार्थीहरूलाई जापानको प्रतिष्ठित सामाजिक संस्थामा रोजगारीको अवसर प्रदान हुने भएको छ । जापानको सामाजिक संस्था ‘लाईफ स्टेज एनपिओ’ र सेन्ट लरेन्स कलेजबीच बिहिबार सहमति  भएको हो ।

सो छलफलमा लाईफ स्टेज एनपिओका अध्यक्ष हिसोसी किसी खावा र क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनबीच जापानमा ‘जव प्लेसमेन्ट’ का अवसर प्रदान गर्ने विषयमा सहमति भएको छ । प्रारम्भिक चरणमा सेन्ट लरेन्स कलेजका चार जना विद्यार्थीले यो अवसर पाउने बताइएकाे छ । आगामी दिनमा जापानको यो संस्थाको आवश्यकता अनुसार कलेजका अन्य विद्यार्थीहरूलाई पनि यस किसिमको अवसर प्रदान गर्ने संस्थाका अध्यक्ष खावाले बताउनुभयाे ।

‘लाईफ स्टेज एनपिओ’ जापानभर २६ वटा शाखा रहेको गैरसरकारी संस्था हो । जसले अटिज्म, मद्यपानसम्बन्धी समस्याहरू र अन्य सामाजिक सेवाका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहेको छ । सेन्ट लरेन्स कलेजले इच्छुक र योग्य विद्यार्थीहरूलाई उक्त संस्थासँग जोड्ने काम गर्नेछ भने, संस्थाका प्रतिनिधिहरूले अन्तर्वार्ताद्वारा विद्यार्थीहरूलाई छनोट गरी जापानमा कामको अवसर दिने बताइएकाे छ ।

कलेजका प्रमुख पुरुषोत्तम महर्जनले, ‘हाम्रो कलेजमा बिएसडब्ल्यू अध्ययन गरेका विद्यार्थीहरुई नेपालमा इन्टर्नसीप र जब प्लेसमेन्टका अवसरहरु खोज्ने काम त गरिरहेकै थियौँ । नेपालमा विभिन्न १९ वटा संस्थाहरुमा इन्टर्नसिप र जव प्लेसमेन्टको काम भइरहेको छ । हाम्रो विद्यार्थीहरु अन्तराष्ट्रिय स्तरका सामाजिक संस्थामा पनि काम गर्न इच्छुक हुनुहुन्छ भने त्यस्ता विद्यार्थीहरुलाई लक्षित गरेर जापानको लाईफ स्टेज एनपिओ संस्थासँग सहकार्य थालेका छौं ।’

'कलेजमा विद्यार्थीहरु र सो संस्थाका अध्यक्ष लगायत अरु पदाधिकारीसँग आज छलफल भएको उहाँले बताउँनुभयो । सो संस्थामा काम गर्न जानेबारे विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कलेजबाट विएसडब्ल्यू उर्तीर्ण गर्नुभएका विद्यार्थीहरुका लागि यो महत्वपूर्ण अवसर भएको हामीले ठानेका छौँ । हामीले बिद्यार्थी भाइबहिनीहरुलाई एउटा बाटो देखाएका छौँ, उहाँहरु यसमा आफ्नो चाहना र रुची अनुसार निर्णय गरेर अघि बढ्न सक्नुहुन्छ ।’

सो अवसरमा संस्थाका उपाध्यक्ष नाकानिसी काजुताका, श्रम व्यवस्थापन विभागका सदस्य अकिको आरारागी र किमियो मात्सुओ, अन्तर्राष्ट्रिय श्रम व्यवस्थापन संयोजक सुजन प्रताप विवस सहभागी रहनु भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार