काठमाडौँ । युवा उत्सव समितिको आयोजनामा प्रथम दशै खसी कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी असोज ७ गतेदेखि फुटबल प्रतियोगिता बौद्ध भेट्रान क्लवको चौरमा आयोजना हुने छ ।
प्रतियोगितामा ३२ वटा टीममा १० जना खेलाडी सहभागी हुन पाउने आयोजक संस्थाले जनाएको छ ।
सहभागीता मध्येबाट बिजेता टीमले ५० हजार सहित खसी पाउने छ भने, उपविजेता टीमले २५ हजार पुरस्कार राशी पाउने आयोजक संस्थाले जनाएको छ ।