बाढीपछिको काठमाडौं (फोटो फिचर)

दक्ष खबर 13025+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काठमाडाैँ । गत बिहीबारदेखिको अविरल वर्षाले बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।

विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् ।

धेरै मानवीय र भौतिक क्षति पनि नेपालल व्यहोरिरहेको छ । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो ।

धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार