सर्वनाम शिक्षालयकाे अभिभावक दिवस सम्पन्न

दक्ष खबर 11580+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौँ । सर्वनाम शिक्षालयले अभिभावक दिवस सम्पन्न गरेको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा-६ जोरपाटीमा रहेको विद्यालयले अभिभावक दिवस सम्पन्न गरेको हो । 

दुई दिने विशेष सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता साथै विद्यालयले केहि समय अघि आयोजना गरेको खेलकुदमा सहभागी विद्यार्थिहरुलाई समेत पुरस्कार वितरण गरेको थियो । कार्यक्रम ‘प्ले ग्रुप’ देखि कक्षा ४ सम्मलाई पहिलो दिन र कक्षा ५ देखि १० कक्षा सम्मलाई दोश्रो दिन गरि कार्यक्रम गरेको थियो ।   

नृत्य प्रतियोगिता र गायन प्रतियोगिता अन्तर्गत विद्यालयले नै विभिन्न चरणमा छनोट गरि अन्तिम प्रतिस्पर्धामा पुराएको थियो । सोहि अन्तिम चरणमा पुगेका प्रतियोगीहरुले २ दिने कार्यक्रममा प्रस्तुती गरेका छन् ।

नृत्य र गायनको प्रस्तुति विद्यालयले तोकेको समयमा सामाजिक सजालमा पोस्ट गर्ने छ | प्रस्तुतिको फाइनल नतिजा भने ५० प्रतिसत जजको निर्णय र ५० प्रतिसत सामाजिक संजालमा आएको लाइक शेयर कमेन्टको आधारमा प्रथम दोश्रो तेस्रो गरि नतिजा प्रकाशन गरिने प्रिन्सिपल दुर्गानाथ शिवाकोटिले बताउनुभयो ।   

सर्वनाम शिक्षालयका फाउन्डर प्रिन्सिपल दुर्गानाथ शिवाकोटीको सभा अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, विशेष अतिथि नगर उप प्रमुख सान्नानी लामा, खेलकुद संयोजक सञ्जय लामा, जनप्रतिनिधिहरु, गोकर्णेश्वर नगरपालिका अन्तर्गतका आवासीय तथा नीजि विद्यालयका प्रिन्सिपलहरू, विद्यार्थी अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार