काठमाडाैँ । हरिबोधिनी एकादशीमा पशुपतिनाथको बागमतीमाथि तोरण टागिएको छ ।
ठुलो एकादशीका नामले समेत परिचित यस एकादशीमा तोरण नदी वारपार टाँग्दा आत्म शान्ति मिल्ने परम्परा रहिआएको छ । हरिबोधिनी एकादशी श्रद्धा र सौन्दर्यको प्रतिक हो ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।