भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शपथ ग्रहण

दक्ष खबर 12808+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गर्नुभएकाे छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्नुभएकाे हाे । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । 

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकाे थियाे । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश भएपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएकाे थियाे ।

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूकाे सहभागिता रहेकाे छ । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी रहेकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार