तिलगंगा अस्पतालमा कार्यरत शिक्षकहरू आन्दोलित

दक्ष खबर 10205+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

काठमाडौँ । तिलगंगा आँखा अस्पतालद्वारा सञ्चालित अप्थाल्मिक साइन्स प्रथम वर्षमा  कार्यरत शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरूले आफुहरूले पाउनु पर्ने सामाजिक सुरक्षा कोष तथा अन्य सुविधाहरू उपलब्ध गराउन माग गर्दा अस्पताल प्रशासनले उल्टै उनीहरूलाई निष्कासित गरेपछि उनीहरू  आन्दोलनमा उत्रिएका हुन् । 

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत (सिटिइभिटि) बाट सम्बन्धन प्राप्त अप्थाल्मिक असिस्टेन्ट  (ओए) मा कार्यरत प्रथम वर्षका नियमित फ्याकल्टीका १० जना शिक्षकमाथि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएको प्रतिष्ठानमा कार्यरत शिक्षकले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

'प्रतिष्ठानमा बारम्बार आफुहरूले पाउने हक अधिकारका विषयमा प्रतिष्ठान व्यवस्थापन र मुख्य कार्यकारी अधिकृतलाई ध्यानाकर्षण गराउँदा गराउँदै पनि आफूहरूको मागप्रति प्रतिष्ठानले बेवास्ता गरेको र ध्यानाकर्षण गराए पश्चात आजबाट आफुहरूको हाजिरी काटी फोनमार्फत आफुहरूलाई कलेज नआउन भनेकाले पठनपाठन नै ठप्प पारेर आन्दोलनमा उत्रिएको पत्रमा उल्लेख गरिएको छ । विगत २ महिनादेखिको तलब र चाडपर्वमा शिक्षकहरूले पाउने भत्ता समेत उपलब्ध नगराएको पत्रमा उल्लेख गरिएको छ । 

विगत वर्षदेखि नै हाम्रो मासिक पारिश्रमिक तथा कानुनअनुसारको कर कटौती गरी बैङ्क खातामार्फत बुझ्दै आए‌का छौँ तर यस वर्षको चाडपर्व भत्ता र २ महिनाको तलब अहिलेसम्म नपाएको पनि जानकारी गराउन चाहन्छौँ । 

नेपालको श्रम ऐन, २०७४ को दफा ५२ अनुसार प्रत्येक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सहभागी गराउनु पर्ने प्रावधान रहेको र सो ऐनमा स्वास्थ्य, सुरक्षा, तथा आर्थिक संरक्षणका लागि अन्य आवश्यक सुविधाहरुको व्यवस्थापन गर्ने उल्लेख भएको हुँदा सामाजिक सुरक्षा कोषमा सहभागिताबाट कर्मचारीहरूले मेडिकल उपचार, आंशिक तथा पूर्ण अपा‌ङ्गता, गर्भावस्था दुर्घटना तथा वृद्धावस्थामा सहुलियत प्राप्त गर्ने व्यवस्था गरिएको छ। कानुन अनुसारका सामाजिक सुरक्षा तथा अन्य सुविधाहरू उपलब्ध गराउँदा संस्थाको प्रतिष्ठामा वृद्धि हुने र कर्मचारीहरुको मनोबल उच्च रहने उल्लेख छ । 

प्रथम वर्षका नियमित फ्याकल्टीका दस जना शिक्षकमाथि सेवा सुविधा माग गर्दा पूरा नगरिए‌को, यसअघि मौखिक रूपमा पटकपटक अनुरोध गरे तापनि अहिलेसम्म सेवा सुविधा दिन पहल नगरी उल्टै सबै शिक्षकहरूलाई निष्काशन गरिएका  कारणले आफू आन्दोलनमा उत्रन बाध्य भएको  शिक्षहरूद्वारा लिखित पत्रमा उल्लेख छ । 

अतः हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं कि, हामीलाई कानुनी प्रावधानअनुसार पाउनुपर्ने हामीले सेवासुरु गरेदेखिको सम्पूर्ण सुविधा तथा सामाजिक सुरक्षा कोष उपलब्ध गराई सेवामा निरन्तरता दिने व्यवस्था मिलाई हाम्रो कानूनी अधिकार सुरक्षित गर्ने र हामीलाई थप उत्साहका साथ कार्य गर्ने वातावरण निर्माण गरिदिनुहुनेछ भने अपेक्षा राख्दछौं। साथै यस वर्षको चाडपर्व भत्ता र बाँकी तलब अविलम्ब उपलब्ध गराउन हुन समेत अनुरोध गर्दछौँ लेखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार