मन्त्रिपरिषद् बैठक बस्दै : प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे छलफल हुने

दक्ष खबर 10205+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौँ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकी साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको  हो । 

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमण जाने तयारी रहेको छ । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार