१३औं संस्करणको आइइसि इन्टेरियर स्केमा सम्पन्न (तस्वीरसहित)

दक्ष खबर 12604+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । १३औं संस्करणको आइइसि इन्टेरियर स्केमामा सम्पन्न भएको छ । आईईसी कलेज अफ आर्ट एन्ड फेसनद्वारा शनिबार काठमाडौंमा आयोजना आयोजित एक समारोहका बिच विद्यार्थीहरुद्वारा तयार पारिएको डिजाइन प्रस्तुत गरिएको हो । 

उक्त डिजाइन विद्यार्थीहरूको नेतृत्व विकास सँगसँगै बिद्यार्थीहरूको प्रयोगात्मकतालाईअभिवृद्धि गर्नका लागि तयार पारिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिनुभयो । 

उहाँले,  ‘आइइसि इन्टेरियर स्केमा’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको निर्देशक अधिकारीले जानकारीले बताउनुभयो ।

यसले आकांक्षी डिजाइनरहरूका लागि नवीनतम अवधारणाहरूबाट प्रेरित आफ्ना मोडेलहरू प्रदर्शन गर्न प्लेटफर्मको रूपमा काम गर्दै विचार, आविष्कारलाई प्राथमिकता दिने गर्दछ ।  

प्रदर्शनीले विभिन्न प्रकारका डिजाइन, बनावट लगायतका विभिन्न कुराहरू प्रस्तुत गरिएको थियो । आन्तरिक डिजाइन प्रदर्शनीको १३औं संस्करणलाई फाइनल ७३ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार