आजको दिनमा नेपाली कांग्रेसको समस्या के हो खोजी गरौँ : गगन थापा

दक्ष खबर 7516+ समाचार ( )
१६ वैशाख २०८०, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र-४ का सांसद गगन कुमार थापाले आजको दिनमा नेपाली कांग्रेसको समस्या के हो खोजी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र-४ 'क' को वार्षिक प्रदेश भेला कार्यक्रममा बोल्दै महामन्त्री थापाले समस्या पहिचान गर्न आवश्यक रहेको बताउनुभएको हो ।

हामी निर्वाचन अगाडि नै चुनाव हार्न तयार हुन्छौँ तर, आफ्नो कार्यकर्तालाई अन्त भोट हाल्न पनि दिदैनौँ र भाेट हाल पनि भन्दैनौँ थापाले बताउनुभयो । 

थापाले, निर्वाचनको परिणाम बारे बोल्दै आफुहरूले आफ्ना कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गर्नुभयो । यदि कोहि कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै