काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारवाही गर्ने चेतावनी दिएको छ ।
महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो ।
यस अघि महानगरले शिक्षकहरु राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।