काठमाडौँ । विश्वशान्ति तथा अध्यात्मक विज्ञान समाज नेपाल, बाहुनधारा योग केन्द्र काठमाडौँ जोरपाटीद्वारा सञ्चालित योग विज्ञान शिविरको १८औँ वार्षिकोत्सब समारोह २०८० सम्पन्न भएको छ ।
बाहुन धारा योग केन्द्र जोरपाटीको आयोजक, गोकर्णेश्वर योग समिति गोकर्णको सह आयोजनामा गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२३ डि को प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसेले, आफुले गोकर्णेश्वर नगरपालिकामा आफु मेयर हुदाँ देखि नै योगाभ्यासको शुरूवात गराएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा योग नै ठुलोकुरा रहेको समेत बताउनुभयो ।
त्यस्तै, वडा ६ का वडा अध्यक्ष नवराज लामाले, वडाले योगाभ्यासका लागि गर्नुपर्नेे साथ सहयोग गर्ने बताउनुभयो । उहाँले योगविना जीवन सार्थक नहुने पनि बताउनुभयो ।
वडा ५ का वडा अध्यक्ष नारायण भण्डारीले योगाभ्यास मानव जीवनमा आवाश्याक रहेको बताउनुभयो । उहाँले, नगरहलमा योगाभ्यास गराउन नगरपालिकाले चाडैं सभाहलका लागि हल उपलब्ध गराउँन साथ सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका सभापति अर्जुुन पौडेलले, हरेक निकायबाट आजसम्म साथ सहयोग गरेर यहाँसम्म आउनमा धेरै मद्दत गरेको बताउदैँ सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले व्यवसायीक हल नहुदाँ योगाभणयासका लागि हल तय गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा संघिय सांसद सन्तोष चालिसे तथा विशेष अतिथिमा प्रदेशसभा सांसद छिरिङ दोर्जे लामा, गोनपाका उपमेयर सान्नानी लामा, वडा ५ का वडा अध्यक्ष नारायण सुवेदी, वडा ६ का वडाअध्यक्ष नवराज लामा लायनणस कणलव अफ जोरपाटीका निराजन श्रेष्ठ, वडा सदस्य सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको विशेष आतिथ्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।