भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भएको छ : गृहमन्त्री

दक्ष खबर 15591+ समाचार ( )
२३ माघ २०८१, शुक्रबार

बझाङ । गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताउनुभएको छ । 

बझाङमा जिल्ला भुकम्पीय पुन निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटन मा बोल्दै भुकम्पले प्रभावित भएको  जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावली  सँगै आवश्यक बजेटको ब्यबस्था गरी निजि आवासलाई पुननिर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनि भएको बताउनु भएको छ ।

“निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्नेछ । गृहमन्त्री लेखकले भन्नुभयो,“निजि आवास पुननिर्माणको कार्य स्थानिय तहको महत्वपुर्ण भुमिका रहेको र लाभग्राहि पहिचान तथा छनोट गरी सिफारीस गर्नुहुन्छ त्यति चाँडो नै पुन निर्माणको कार्य सुरु हुन्छ । ”

त्यसैगरी, “भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनस्थापना सरकारको प्राथमिकता रहेको छ । बिकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडी बढेर काम सम्पन्न गर्नु पर्छ । ”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार