काठमाडाैँ । ८औँ संस्करणकाे भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा नेपालि मूलुकका भारतिय गायक विपुल क्षेत्रीले आफ्नाे प्रस्तुती दिने भएका छन ।

महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको हाे । ८औँ संस्करणकाे महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा हुने छ ।
नयाँ वर्ष र बिस्केट जात्राको अवसर पारेर विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिएकाे हाे । बैशाख ३ गते हुने साङ्गीतिक कार्यक्रमका लागि विपुल काठमाडाैँ आउने भएका हुन् ।
विपुलको कार्यक्रम हेर्न चाहने दर्शकले www.ticketsanjal.com मार्फत टिकट काट्न सक्ने आयाेजक सस्थाहरूले जनाएका छन् । विपुलका सिन्डिकेट, सरर लगायत गीतहरू चर्चामा रहेका छन् ।
महोत्सवको आकर्षणमा बालबालिकाहरूका लागि बाल उद्यान र दैनिक राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकाहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत भइरहेको महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयाे ।