राष्ट्रपतिद्वारा भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण

दक्ष खबर 12604+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार
जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते हुनुभएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेट्नु भएको छ । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उहाँले बिरामीको गुनासोसमेत सुन्नुभयो ।
सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयोे ।

यसैगरीे भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गर्नुभएका राष्ट्रति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताउनुभयो ।

ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उहाँले अवलोकन गर्नुभयो।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पपीडितको उद्धार र उपचारमा लागिरहनुभएकाले अब समस्या समाधान हुँदै जाने र सरकारले सबै समस्या समाधान गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार