मनास्लु वल्ड कलेज बेलायतमा वेस्ट प्लस्टु फर एकेडेमिक एक्सिलेन्स अवार्डबाट सम्मानित

दक्ष खबर 15392+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

काठमाडौँ । मनास्लु वल्ड कलेज बेलायतमा सम्मानित भएको छ । बेलायत स्थित ग्रिनविच विश्वविद्यालयमा सम्पन्न नेपाल एजुकेशन अवार्ड २०२५ मा मनास्लु वल्ड कलेजले वेस्ट + प्लस्टु फर एकेडेमिक एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो ।

बेलायतका लागि नेपालका राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथि  र ग्रिनविच विश्वविद्यालयका उप कुलपति प्राोफेसर जेन ह्यारिङटनको विशेष अतिथि रहेको उक्त कार्यक्रममा मनास्लु वल्ड कलेजका तर्फबाट अध्यक्ष गेन्द्र लामाले सम्मान ग्रहण गरेका हुन । साथै, नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई समेत विभिन्न विधाहरुमा सम्मानित गरिएको थियो । यस अवार्ड कायक्रमको चौथो संस्करलाई बेलायतस्थित ग्रिनविच कलेजको सहकार्यमा कलेज रिडर्सले आयोजना गरेको हो ।

उक्त कार्यक्रममा नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरूको उपस्थिति रहेको थियो । विभिन्न विधागत रूपमा उत्कृष्टता र मुल्याङकनको आधारमा यस अवार्ड वितरण गरिएको निर्णायक मण्डलका प्रमुख मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक बहादुर शाक्यले बताउनुभयो ।

यस प्रकारका कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रको उन्नयन हुने प्रमुख अतिथिले बेलायतका लागि नेपालका राजदुत चन्द्र कुमार घिमिरेले बताउनुभयो । मनास्लु वल्ड कलेजले स्थापनाको छैठौँ वर्षमा समग्र शैक्षिक क्षेत्रमा अग्रणी भुमिका निभाउन सफल रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार