प्रधानमन्त्रीद्वारा राहदानी वितरणको अवस्थाबारे जानकारी

दक्ष खबर 15389+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिनुभएको छ।

मन्त्रालय र विभागका अधिकारीहरुलाई आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिनुभयो। राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उहाँको निर्देशन थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार