कान्ति लोकपथ सकडखण्ड जेठ २५ गतेदेखि पूर्ण रुपमा खुला रहने

दक्ष खबर 12263+ समाचार ( )
२१ जेठ २०८१, सोमबार


मकवानपुर । कान्तिलोकपथ सकड यही जेठ २५ गतेदेखि पूर्णरुपमा खुला हुने भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत वैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरुपमा सञ्चालनमा आउने भएको बताउनुभयो ।

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले बताउनुभयो ।

ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भाँसिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरुपमा बन्द भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार