सन्दिप लामिछानेलाई ८ बर्षको कैद सजाय, पाँचलाख जरिवाना

दक्ष खबर 13091+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्ति निर्धारण गरेको छ । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कारको उजुरी परेपछि गत असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार