काठमाडौँ । सेन्ट लरेन्स कलेजमा कानुन संकायमा अध्ययनरत छात्रा गंगा पुरीले 'मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४' अन्तरगतको 'मोस्ट इन्स्पायरिङ' विधामा उपाधि जितेकी छन् । धादिङको माधेबेसी स्थायी घर भई हाल सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा कानुन संकायमा अध्ययनरत पुरीले ग्रिन आर्ट मिडियाद्वारा आयोजित प्रतियोगितामा 'मोस्ट इन्स्पायरिङ' विधामा उपाधि जितेकी हुन् ।
उपाधि प्राप्त गरेपछि पुरीले, "आफ्नो मिहिनेत र सेन्ट लरेन्स कलेजको उत्प्रेरणाले आफु 'मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४' अन्तरगतको 'मोस्ट इन्स्पायरिङ' विधाको उपविजेताको उपाधि जित्न सफल भएको बताइन् ।" उनले आफ्नो शैक्षिक करियर सँगसँगै व्यक्तगत स्किललाई अगाडि बढाउन यसले महत्त्वपूर्ण भुमिका खेलेको बताइन् ।"
अडिसन चरण हुदैँ उत्कृष्ट १० जनामा परेकी पुरिले आफु विजेता नभएता पनि 'मोस्ट इन्स्पायरिङ' विधाको उपाधिले आगामी दिनमा यस्ता प्रतियोगिताहरूमा प्रत्येक्ष संलग्नता एवं सहभागीका लागि आफुलाई हौसला प्राप्त भएको दावी गरिन ।
सेन्ट लरेन्स कलेजले आफुलाई यस्ता प्रतियोगिताहरूमा प्रत्यक्ष रूपमा संलग्न हुने अवसर प्रदान गरेको बताउँदै पुरीले आगामी दिनहरूमा कलेजले यस्ता प्रतियोगिताहरूमा सहभागीताका लागि अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरिन् ।
त्यस्तै, सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले," सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रा गंगा पुरिले आफ्नो मिहिनेतले 'मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४' अन्तरगतको 'मोस्ट इन्स्पायरिङ' विधामा उपाधि जितेको बताउनुभयो ।"
उहाँँले सेन्ट लरेन्स कलेज, " विद्यार्थीहरूको शैक्षिक उन्नयन सँगसँगै भित्री ज्ञान, सिप, क्षमता र आत्मरूचिलाई आत्मसात गर्दै उनिहरूको प्रतिभा प्रस्फुटन गर्न सक्षम रहेको बताउनुभयो ।"
पुरीले प्राप्त गरेको उपाधिमा हौसला प्रदान गर्न सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगाल एवं प्रवन्ध निर्देशक तारा प्रसाद सुवेदी कार्यक्रम सहभागी हुनुभएको थियो । सेन्ट लरेन्स कलेज विभिन्न विधाहरूमा विद्यार्थीहरूलाई उत्कृष्ट ज्ञान सीप क्षमता प्रदान गर्दै आईरहेको कलेज हो ।