अनिवार्य शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण

दक्ष खबर 11036+ समाचार ( )
१६ वैशाख २०८०, शनिबार

मोरङ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको छ ।

केन्द्रद्वारा आज विराटनगरमा आयोजित शिक्षासम्बन्धी विभिन्न कार्यक्रम र प्रगति तथा विविध किसिमका शैक्षिक सूचना सरोकारवालालाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीयस्तरमा शिक्षासम्बन्धी सुधारका लागि आवश्यक सुझाव सङ्लकन गर्नाका साथै विद्यार्थी भर्ना, गुणस्तरिय शिक्षा पहुँच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिनुभयो । उहाँले विद्यालयमा स्यानेटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठाभित्र र बाहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि बढेको बताउनुभयो । केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरिएको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकामा सरोकारवालाले चासो रहेको विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षक तालिमको पाठ्यक्रमको ढाँचा निर्माण, सामग्री विकास, मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्य भएको बताउनुभयो । स्थानीय तहमा कर्मचारीको अपर्याप्त र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्योलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो समस्या रहेको उहाँले जानकारी दिनुभयो । शिक्षा विकास समन्वय एकाइ विराटनगरका प्रमुख टङ्कप्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानुनअनुसार कारबाही गरेको जानकारी दिनुभयो ।

विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह पार गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँचदेखि १२ वर्ष उमेरका विद्यालयबाहिर रहेका बालबालिका तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार