पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ : डा.प्रकाश शरण महत

दक्ष खबर 15600+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्‌नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे । 

उनले भने,‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्‌नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ । ’

त्यस्तै उनले महाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए । राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाई छ । 

‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५औँ अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन् । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार