रमेश विकल वाङ्गमय पुरस्कार भैरवबहादुर थापालाई प्रदान गरिने

दक्ष खबर 9780+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

कात्तिक । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८१ का लागि प्रदान गरिने पुरस्कारहरुको घोषणा गरिएको छ । बहुआयामिक विकलका साहित्य, सङ्गीत र चित्रकारिता सहित शैक्षिक एवम सामाजिक व्यक्तित्वको सम्मानमा स्थापित ६ बिधाका पुरस्कारहरु १६ औं रमेश विकल स्मिृति दिवसका अवसरमा २०८१ पौष ६ गते प्रदान गरिने छ ।

घोषणा अनुसार रमेश विकल वाङ्गमय पुरस्कार भैरवबहादुर थापालाई अर्पण गरिनेछ । यो पुरस्कारको राशी रु. ५१ हजार रहेको छ । नृत्यशास्त्री थापाले नृत्य–निर्देशनका साथै ६५ वर्ष लगाएर नृत्य लिपि र प्राविधिक पाटो सम्बन्धि ‘नृत्याक्षर विज्ञान’ ग्रन्थ समेत तयार पारी कला र सांस्कृतिक उत्थानमा विशिष्ट योगदान दिनुभएको छ । 

त्यस्तै, रमेश विकल—सुशीला समाजसेवा पुरस्कार मासिक १०० रुपैयां अभियान नेपाललाई प्रदान गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशी रु.२० हजार रहेको छ । आर्थिक अवस्था कमजोर भएका विध्यार्थी भाइ बहिनीहरुको शैक्षिक उत्थान तथा जेष्ठ नागरिकहरुलाई समाजमा सम्मानित एवम कृयाशील बनाउने कार्यमा उक्त संस्था लामो समय देखि क्रियाशील छ ।

रु १० हजार राशी सहितको रमेश विकल सृजना पुरस्कार युवराज मैनालीलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्यका स्रष्टा र समालोचक मैनालीको लेखन–यात्रा २०३७ सालबाट कथा सङ्ग्रहमार्फत भएको देखिन्छ । उहाँका हास्यव्यङ्ग्य, लघुकथा र समालोचनाका कृतिहरु प्रकाशित छन् । त्यस्तै रु. १० हजार राशीको रमेश विकल बालसाहित्य पुरस्कार भने अमर कुमार प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ । 

वि. सं. २०११ मा दोलखामा जन्म भएको लव्धप्रतिष्ठित साहित्यकार प्रधानले मूलत कथा र बाल साहित्यको क्षेत्रमा कलम चलाई रहनु भएको छ । रमेश विकल—सुशीला नारीसेवा सम्मान पुरस्कार चिनीमाया माझीलाई प्रदान गर्ने निर्णय भएको छ । यो पुुरस्कारको राशी पनि रु. १० हजार रहेको छ । उहाँ नेपाल माझी उत्थान सङ्घ मार्फत सीमान्तीकृत माझी समुदायको उत्थानमा सकृय हुनुहुन्छ । रु १० हजार राशीकै रमेश विकल सङ्गीत कला पुरस्कार रामकृष्ण दुवाललाई प्रदान गर्ने निर्णय भएको छ ।

दुवालले पाँच दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि हकअधिकार प्राप्तिका लागि सङ्गीतका माध्यमबाट जागरण आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ । त्यसैगरी रमेश विकल असहाय पुनर्स्थापना समाज (अपुस) छात्रवृत्तिकोलागि माझीगाउं मण्डन स्थित बिन्ध्यबासिनी मा वि की कक्षा ८ मा अध्ययनरत छात्रा दिलाशा तमाङ छनौट हुनुभएको छ ।

पुरस्कार सिफारिश समितिका संयोजक महेन्द्र चालिसे सहित अन्य दुई साहित्यकारहरु गोपाल अश्क र मेनका पोख्रेलको सिफारिसलाई रमेश विकल साहित्य प्रतिष्ठान कार्यसमितिले अनुमोदन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार