
राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,” सुवेदीले भने, “यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।” उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए। उनले नेपाली समुदाय बस नै रिजर्भ गरेर चलचित्र हेर्न आएको बताए।
व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारहरूसँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक दङ्ग देखिए। हङकङको लागि बिरेन थापा 'बिरे'ले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।
नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गते प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन। दिनेश राउतले निर्देशक गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।