आशान्त शर्मा धेरै सहज निर्देशक : मिरा खड्का

सुजन तिमल्सिना 23+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

काठमाडौँ। चलचित्र क्षेत्रको उदाउँदो ताराको रूपमा अगाडि बढिरहेको पात्र हुन मिरा खड्का । उनको जन्म दाङमा भएको भए पनि हाल बालाजु क्षेत्रमा बसोबास गर्दै आईरहेकी छन् । लघु चलचित्रदेखि चलचित्रको मुख्य पात्रको रूपमा समेत काम गरिसकेकी मीराको पछिल्लो चलचित्र हो ‘ताराहरू’ । वर्तमान चलचित्रको अवस्था र प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताराहरु’ लाई लिएर  गरिएको कुराकानी :

अभिनय क्षेत्रमा कसरी आउनुभयो ? 

म समाजिक शिक्षाकी विधार्थी हुँ । म सामाजिक कार्यतर्फ अग्रसर हुनुपर्ने हो । नेपालमै बसेर केही गर्नुपर्छ भनिरहँदा यहाँ अवसरको कमी, साघुँरो क्षेत्र छ । जो पायो त्यसैले गर्न सक्दैन भन्ने भनाई छ अनि सक्छु म गर्छु भन्दाभन्दै नि अवसर नपाउने जस्ता समस्याहरू छन् । तर, मलाई के थियो भने म अवसर पाए भने जसरी पनी काम गर्छु भन्ने थियो । त्यसैले विदेशिने होइन नेपालमै बसेर केही गर्छु भनेर स्नातक तह सकेर मार्टस्को लागि विदेश जान्छु भन्दा नि होइन म नेपालमै बसेर केही गर्छु भनेर चलचित्रमा अभिनय र कलाकारिता तर्फ अग्रसर भएको हुँ ।

म चाहिँ बच्चैदेखि फरक फरक क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच्ने गर्दथे । म सधैं फरक गर्नु पर्छ भन्ने सोच्थे । ग्यामरस क्षेत्रमा मेरो सानैदेखि रुचि थियो । रेड कार्पेट जस्ता फिल्म फेस्टिबल लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शोहरू हेर्ने गर्दथे । मलाई खासमा मिस नेपाल बन्न मन थियो । तर, मेरो दाँतले गर्दा त्यो सम्भव भएन । उहाँहरूको निति नियमहरू धेरै थियो । सोचेको जस्तो थिएन भएन । मैले गरिन । फेरि समाचार बाचिका बन्छु भने त्यो पनि भएन । न्युज रिडरहरू होडिङ बोडमा देखिने  अवस्था थिएन । मेरो परिवारमा कोही यस क्षत्रमा काम गर्नेहरू हुनुहुन्न । त्यसैले पनि मलाई यस क्षेत्रमा आउन गाह्रो भयो । तर, मलाई के थियो भने म अभिनयको क्षेत्रमा नै लाग्छु भन्ने थियो । 

त्यसैले, इन्डियाज टप मोडलमा पनि अडिसन दिन गको थिए । मसँग फम थियो मैले भरिन । मलाई जान मन लागेन । पछि सोसल ओर्क पढिराथे त्यै पढे । मलाई चासो पनि त्यसमै थियो । त्यतिबेला भुकम्प पनि गयो । रोयल डेल्पमेन्ट पढ्छु भनेर पढे । त्यतिबेला यसको माग पनि धेरै थियो । 

युवापुस्तामा विदेशिने सोँच बढ्दै गईरहेको छ ? के भन्नुहुन्छ ? 

नेपालमा केही कलेजहरू छन् । जसले राम्रोसँग फिल्म पढाइरहेका छन् । फिल्ममा लागिसकेको भएर यहीँ केही गर्छु भन्ने छ । नेपालमा चलचित्र सम्बन्धिका कोर्सहरू ठिक छैन । प्राक्टिकल नि ठिक छैन । साघुँरो क्षेत्रमा बसेर फराकिलो मन गरेर मात्र पनि त भएननी । 

नेपालमा चलचित्र अध्ययनको अवसर कस्तो छ ? 

नेपालमा फिल्म पढ्न अप्ठ्यारो परिस्थिति छ । चाहेको कोर्स छैन । ब्याचलरमा छ तर, मार्टस् पढ्नको लागि अवसर कम छ । म त फिल्मी क्षेत्रमा काम गर्छु भनिरहेको परिपेक्षमा परिस्थिति अप्ठ्यारो छ । म विदेश जाने पक्षमा छैन । राम्रो कोर्स आए याहिँ पढ्ने हो । हुन त नेपालमा पढाई र गराईमा धेरै फरक छ । तर, पनि गर्ने त मैले नै हो । राम्रो या नराम्रो । गरेपछि सबै कुरा राम्रो हुन्छ । 

पढाईँ एकातिर, गराई अर्कोतिर भएन र ? 

मलाई चाहिँ म पुतली हुँ कि जस्तो लाग्छ, बेलाबेलामा रङ्ग फेरिरहने । सोसल ओर्क पढिरहदाँ मैले चलचित्र भनेर थाहा पाए र बुझे । सिके हेरे बुझ्दै गर्दा रमाइलो लाग्दै गयो । त्यसपछि, मेरो साथी ओस्कारमा फिल्म नै पढ्ने गर्दथ्यो । कलेज प्रोजेक्टको बेलामा गएर पफम गर्ने अवसर मिल्यो मलाई । यस्तो पनि हुन्छ भन्ने थाहा पाए अनि मैले । त्यहाँबाट गरेको काम धेरै राम्रो भयो । प्रसंसा पाए । राम्रो गरेछु भन्ने भयो । राम्रो छ भन्नुभयो सबैले । त्यसपछि यो मेरो क्षेत्र हो जस्तै, लाग्न थाल्यो । लाइट क्यामेरा एक्सन भन्ने शव्दहरू मेरै लागि हो भन्ने भयो । अहिले पनि यहीँ क्षेत्रमा छु । राम्रोसँग बुझ्दै सिक्दै अगाडि बढ्दैछु । काम भईरा छ गरिनेै राछु ।

उसोभए त राम्रौ फड्को मार्नुभयो ? लघु चलचित्रबाट नायिकासम्म । 

सुख दुख सबै क्षेत्रमा हुन्छन् नै । त्यै पनि केलाई गाह्रो मान्ने के लाई नमान्ने भन्ने त आफैंमा भर पर्ने रैछ । पैसाको समस्या हो सबैभन्दा ठूलो दुख त । काम गर्दा टाइममा पैसा आउँदैन । यहाँ कामको लागि पनि पैसा चाहिने हुन थालिसकेछ । शुरूवातमा त मैले कति कामहरू निःशुल्क नै गरे, कति साथिहरूको भनेर गरिदिए । कति आफुलाई मन लागेर गरे । पछि बिस्तारै पैसा लिएर पनि गर्न थालियो । मजा आईरा भएर काम धेरै गरे । पैसाले धेरै दुख दियो । घरमा पनि छोरिले यूयानमा जागिर खान्छे भनेर बस्नुभएको थियो होला तर, म त मुभिमा रमाइराछु र उता जागिर खाने सपना मात्र । म यूएनमा जागिर खान्छु भनेर बसेको थिए तर मन भएन । मेरो फिल्ड नै त्यै भयो नि त । 

तपाईंको पहिलो अभिनय गर्नुभएको चलचित्र कुन हो र कस्तो प्रतिक्रिया पाउनुभयो  ? 

‘अ थर्नी मिरर’ सर्ट भुभि धेरै रूचाइएको छोटो चलचित्र भयो । एप्रिसिएसन पाएको चलचित्र भयो मेरो पहिलो कामबाट नै । पहिलो काममा नै यसरी धेरै हौँसला मिल्यो र अगाडि बढे । त्यसपछि टुनामुना सिरिज गरे । सम्बन्धक भन्ने गरे । त्यसरी मान्छे चिन्दै गए । विभिन्न विज्ञापनहरूमा काम गर्ने अवसरहरू पाए । म्युजिक भिडियो गर्न थाले अनि लकडाउन भयो । कामहरू आईराथ्यो । सबै कुरा ठप्प भएको बेला अभिनय पनि त ठप्प । अनि त्यतिबेला यसरी खिचिन्छ चलचित्र यस्तो हुन्छ भनेर सर्ट क्लिपहरू हरू खिच्न थाले । प्रप्सहरू, लाइटहरू बोकेर यताउता काम गर्छु भनेर अगाडि बढ्दै गए । 

आफुलाई अनुभुती र अनुभव गर्ने बेला थियो त्यतिबेला । भनेर आफुले आफ्नै मोबाइलबाट सर्ट मुभि बनाएर युट्युवमा हाल्न थाले । मान्छेहरूले हेर्न थाल्नुभयो ।  अनि डिरेक्सनको लागी अवसरहरू आए । त्यसपछि सव डिरेक्टरको लागि, सर्ट मुभिहरू । डकुमेन्ट्री पनि  गरे । ओमन मेक फिल्म भन्ने थियो । त्यहाँ नोज फुल्फुटे भन्ने मुभि बनाएको थियौँ। दुई जनाको टिम भएर मुभि बनाए पछि त्यो ह्यूमन राइट फिल्म फेस्टिबलमा बेष्ट अवार्ड जीत्न सफल भयो । त्यसले मोटिभेट ग–यो मलाई ।डिरेक्सनमा पैसा हुने धेरै । त्यसले गरेर मलाई पैसा तिर ध्यान जान थाल्यो । अनि मेरो अभिनय कम हुदैँ गयो । मलाई त डिरेक्सनमा पो मजा आउन थाल्यो । त्यसपछि बिस्तारै म किन यता लागे भन्ने लाग्न थाल्यो । मेरो क्षेत्र त अभिनय पो हो त भन्ने भयो । म पछि चेन्ज हुदैन अभिनय तिर नै फर्कन खोजे । म एउटा फिल्म फेस्टिबलमा गको त्यहाँ १० जना बढि एक्टरहरू हुनुुहुन्थ्यो । अनि म काठमाडौँ आउना साथ मैले सबै काम गर्न छोडे र अभिनय तर्फ अग्रसर भए । 

सुख दुख सबै क्षेत्रमा हुन्छन् नै । त्यै पनि केलाई गाह्रो मान्ने के लाई नमान्ने भन्ने त आफैंमा भर पर्ने रैछ । पैसाको समस्या हो सबैभन्दा ठूलो दुख त । काम गर्दा टाइममा पैसा आउँदैन । यहाँ कामको लागि पनि पैसा चाहिने हुन थालिसकेछ । 

त्यहिँ अवसरमा अशान्त शर्मा सर सँगभेट भयो । उहाँले ’काचोँ धागो’ भन्ने नाटक गर्दै हुनुुुहुँदो रहेछ ।  र मलाई त्यसको अडिसनको लागि साथि निष्ठाले रिफर गरेकी थिइन् । अनि गए सरलाई भेटे । रिडिङ गर्न लगाउनु भयो । हरेक शव्द उच्चारणमा सरले यो भएन त्यो भएन भन्दै हुनुहुन्थ्यो । अनि म डराए । सक्दिन होला जस्तै भयो  ।

“कुनैपनि काम गर्नलाई मेरो अनुभव नै मेरो गुरु हो । मैले न त अभिनय सिके, न त कलाकारिता नै । मेरो गुरु नै मेरो अनुभव हो“ भने र सेलेक्ट भए । मैले हिम्मत नहार्नु पनि मेरो गुरु हो भन्ने फिल गरेँ । नाम सुनिराको मान्छे भनेर मलाई डर लाग्यो अशान्त शर्मा । प्रनाउन्सेसनमा पूरा ख्याल गरिराख्नु भएको रैछ । म त निकै थकित भईसके भएर दिक्क नि भए तर, यो स्किप्ट मलाई धेरै मन प–यो र यसमा म जसरी पनि काम गर्छु भन्ने भयो र सरले के छ गर्न सकिन्छ त ! भन्नुभयो । यो पश्चिमको भाषा चाहिने । म दाङको भएपनि काठमाडौँमा हुर्किएको मान्छे भए । मैले सर मिहिनेत गरेपछि जसले पनि सक्छ भनिदिए ।  ल डन भनेर भन्नुभयो । त्यसपछि काम गरे । राम्रो प्रतिक्रियाहरू पाएँ । अनि मैले धेरै कामहरू पाए अनि यो  ताराहरू चलचित्रमा पनि सरले नै काम गर्ने अवसर दिनुभयो । 

तपाईले काम गरिरहँदा आफुलाई मन परेको चरित्र छान्नुपर्दा ? 

मैले गरेको पहिलो छोटो चलचित्र नै हो । सायदै आफुँले आफ्नो पाटनरबाट दविएको पात्रको अभिनय गर्ने अवसर पाएकाले सधैं मेरो यो पात्र मेरो मनमा बसिराछ । मेरो घरमा पनि एउटा महिला र एउटा पुरूष भाडामा बस्ने । उनिहरू सधैं झगडा गर्ने । म सोसल ओर्कको विद्यार्थी ।म जे पनि गर्न सक्छु भन्ने लाग्ने ।  मसँग पावर छ भन्ने हुन्थ्यो । त्यहाँको दिदिले मेरो ममि सँग कुरा गर्नुभएको रैछ । अनि ममिले मलाई भन्नुभयो एकदिन अनि म कुरेर बुसे कुन दिन यस्तो झगडा हुन्छ र भाडभैलो गरौँ भनेर । म चाहिँ झाप्पडको आवाज आएपछि के हो के भईरा छ भनेर माथि गएर पुलिस बोलाइदिए । मैले त्यसो गरेर उनिहरू त्यहाँबाट सरेर जान त बाध्य भए तर, पनि पहिलाको जस्तो अवस्थाको त अन्त्य भएननि । सधैँ उस्तै त रह्यो । परिवारको कलह त अन्त्य भएननि त । त्यसैले मलाई धेरै कुरा खड्कियो जस्तो लाग्यो । मलाई स्पेशल भुमिका भयो भन्ने जस्तो भयो । 

चलचित्रमा काम गर्दाको अनुभव कस्तो रह्यो ? 

मेरो सानो संसारमा सानो रोल छ । चलचित्र ताराहरूमा लिड रोल भएकाले महत्त्वपूर्ण छ । म यस चलचित्रको सम्पादन प्रमुख पनि हो । तर, मेरो भुमिका डबल छ ।  निभाउन गाह्रो भयो। हामी सबैले मिलेर  काम गर्यौँ गाह्रो साह्रो सबै मिल्यो । 

चलचित्र ‘ताराहरु’ ले भन्न खोजको कुरा के हो ?

पहिला मैले यो मुभिको कथावस्तु पढिरहदाँ चाहिँ मलाई मन छोयो । एउटा केटा केटी बिचको सम्बन्धमा समस्या कहाँ कहाँ कसरी आउँछ भन्ने कुराहरू छन् । यसमा एउटा महिलाले समाजमा बसेर भोग्नुपरेको समस्याहरू चलचित्रमा रहेको छ । आफुले समाजमा बसेर अनुभव गरेको कुरा नै छ चलचित्रमा ।  आफ्नो लक्ष्य प्राप्तिका लागि,  पहिचानका लागि के के गर्नुपर्छ भन्ने कुराहरू नै छ । चलचित्रमा धेरै कुराहरू समावेश छ । चलचित्रले हाम्रो समाजको कुरा नै उठाएको छ ।

आशान्त शर्माको निर्देशनमा काम गर्न कत्तिको गाह्रो हुँदोरहेछ ? 

आशान्त सर मेरो पनि गुरु । उहाँसँग काम गर्न धेरै सहज छ । मलाई अझै धेरै आँट पनि आयो । मैले मेरो भुमिका अनुसार काम गरे भन्ने नै छ । 

चलचित्रको छायांकन सकेर यहाँसम्म आईपुग्दा कस्तो अनुभव गरिरहनुभएको छ ? 

यो चलचित्रमा आम मानिसले आफ्नो जीवनका भोगाइ समस्या र यसले निम्त्याएको अवसरको बारेमा नै चलचित्र केन्द्रीत छ । यो मेरो कथा हो । मैले समाजमा जे भोगे त्यै नै कथामा छ । यो म हो मैले भोगेको कथा भन्ने अनुभव गर्न सकिन्छ । कथा विषयवस्तु जसरी बनेको छ । ४३ जना बढि कलाकार हुनुुहुन्छ चलचित्रमा । सबैबाट सिक्न पाउने अवसर पाए । सिके सिकाए सबैको मिहिनेत उत्तिकै छ यहाँ । 

दर्शकले चलचित्र किन हेर्ने ?

याे चलचित्रमा आम मानिसले आफ्नो जीवनमा भोग्ने भाेगाइ, संघर्ष र आत्मबाेध देखाइएकाे छ । जहाँ आम साधारणले आफ्नाे जीवनमा आउने हरेक संघर्षलाई पार गरेकाे देख्न  सकिन्छ । जसले गर्दा जीवनका हरेक कसीहरू सहज र सरल जस्तै देखिए पनि बास्तवमा त्याे त्यस्ताे रहदैन । दर्शकले आफ्नै कथा वस्तु र वास्तविकता चलचित्रमा पाउने भएकाले याे चलचित्र हेर्न जरूरी छ । 

प्रतिक्रिया

Ram Bahadur Suyal ८ श्रावण २०८२, बुधवार

Congratulation

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार