प्रदीपराज वन्तको लेन्स मार्फत चिनको शानदोङ्गको जीवन सस्कृति (तस्विरसहित)

दक्ष खबर 15392+ समाचार ( )
१६ कार्तिक २०८२, शनिबार

काठमाडौँ । चीनको शानडोंग प्रान्तमा सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा सम्पन्र भएकाे छ । सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म चलेको उक्त महोत्सवमा नेपालसहित जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्याण्ड, रसिया र फिजी लगायत देशका करिब १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरूको सहभागिता रहेको थियो । कार्यक्रम चीनको शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवका क्रममा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी शानडोंगका ऐतिहासिक, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको भ्रमण गराइएको थियो । उक्त अवसरमा हामीलाई विन्झाओ सिटीमा अवस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर, पार्क, तथा विश्वप्रसिद्ध कपडा उद्योग र विशाल कार्पेट संग्रहालयको अवलोकन भ्रमण तथा फोटो खिच्ने अवसर प्राप्त गरेका थियौ ।

त्यसैगरी, स्थानीय किसानद्वारा सञ्चालित फलफूल खेती जुजुको वगैचा भ्रमणका क्रममा आफ्नै हातले फल टिप्ने खाने र झोला भरि लाने कार्यक्रमले साहै रमाइलो पनि भयो । चीनको ग्रामीण जीवन नजिकबाट बुझ्ने अवसर पनि प्राप्त गरे । साथै, उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनको पनि अवलोकन गर्नुका साथै मनोरन्जन पनि गर्ने अवसर प्राप्त भएको थियो ।

भ्रमणका क्रममा सहभागीहरूले तेल उत्खनन् उद्योगमा प्रयोग हुने मेसिन, विद्यालयका विद्यार्थीहरूको चिनियाँ ओपेरा, र प्राकृतिक रूपमा संरक्षित एल्लो रिभर क्षेत्रका चराहरू पनि अवलोकन गरेका थिए । यस प्रकारका अन्तर्राष्ट्रिय महोत्सवहरूले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने तथा नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न मद्दत पु-याउँछ भन्ने विश्वास लिएको छु । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार