Logo

विद्यालय बन्द गरेर शिक्षक कर्मचारी शैक्षिक भ्रमणमा
दक्ष खबर

dakshya khabar २९ मंसिर २०७८, बुधबार ११:०१ मा प्रकाशित

सिन्धुपाल्चोक,मंसिर २९ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालीका – ६ स्थित श्री सिपा तीन घरे संस्कृत उच्च माध्यमिक विद्यालयका शिक्षक विद्यार्थी तथा कर्मचारीहरू विद्यालयमा ताला लगाएर शैक्षिक भ्रमणमा निस्किएका छन् ।

कक्षा ११ र १२ का विद्यार्थीहरू सँगै शैक्षिक भ्रमणमा निस्कएका शिक्षक कर्मचारीहरूले विद्यालयमा ताल्चा लगाएर निस्किएकन छन् ।

विद्यालयले कोरोना महामारी पछि लामो समयको अन्तररालमा विद्यालय खुले पनि पठनपाठनमा नियमितता खोजी रहेका विद्यार्थीहरूलाई शैक्षिक भ्रमण लिएर निस्किएको हो ।

कक्षा एकदेखि दस कक्षा सम्मका बालबालिकाको पठनपाठन असर पर्ने गरि ११ र १२ का विद्यार्थीहरूलाई भ्रमण लगेर विद्यालय बन्द गरेको कुरा प्रति अभिभावकहरूले गुनासो गरेका छन् ।

शैक्षिक भ्रमण

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार