Logo

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम तयारीमा
दक्ष खबर

dakshya khabar ३ भाद्र २०७९, शुक्रबार १९:१६ मा प्रकाशित

neb

काठमाडौँ,भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारीमा पुगेको बताएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको बताएको छ ।

प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुने छ । गत जेठ १६ गतेदेखि २५ सम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो जसमा ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी रहेका थिए ।

नतिजा प्रकाशन

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार