Logo

भोला अधिकारीको लेखन तथा निर्देशनमा हाँस्य सिरियल ‘ख्याल ख्यालमा’ सार्वजनिक
दक्ष खबर

dakshya khabar १६ कार्तिक २०७९, बुधबार १४:४६ मा प्रकाशित

काठमाडौं । पत्रकार भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’ सार्वजनिक भएको छ ।

समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास हाँस्य सिरियलमा गरिएको छ । राजनितिक विषयवस्तुलाई यस सिरियलमा उठाउन खोजिएको छ ।छ ।

‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ । त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो ।’,निर्देशक भोला अधिकारीले बताउनुभयो ।

सिरियलमा ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गितु पराजुली, अर्जन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइराला लगायतको अभिनय रहेको छ ।

सिरियललाई समिर राईले छायाकन गरेका हुन भने सम्पादन ज्ञानेन्द्र कोइरालाले गरेका हुन । सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गितुले समालेका छन् ।

सिरियलमा नेताले काम भन्दा बढि भाषण छाँटेको र ख्याल ख्यालमा नेता बनेकाहरुलाई विषयवस्तु बनाइएको छ । व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको भिडियोमा देख्न सकिन्छ ।

‘ख्याल ख्यालमा’

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार