
काठमाडौँ,पुस २७ । हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले ‘काका हरायो’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
लुइँटेलकाे अफिसियल युट्युब च्यानलमार्फत उनले गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । श्रीकृष्ण लुइँटेल र मनिषा पोखरेलको आवाजमा रहेको गीतमा अच्युत अधिकारीको शब्द रहेको छ । गीतलाई सुमन तामाङले छायांकन गरेका हुन भने, हेमन तामाङले एडिट गरेको छन ।
अंग्रेजी विद्यालय पढ्ने बालबालिकाहरूले अंग्रेजी शब्द मात्रै घोक्दै जाँदा नेपाली संस्कृति र शब्द नै भुलेको कुरालाई गीतमार्फत उठान गरिएको छ ।
बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्यूजिक भिडियो तयार पारिएको गायक श्रीकृष्ण लुइँटेलले बताउनु भयो ।
'काका हरायो'
लोकप्रिय समाचार