Logo

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको ५३औँ स्थापना दिवसमा आयोजित व्हिलचियर रेस सम्पन्न
दक्ष खबर

dakshya khabar ३ माघ २०७९, मंगलवार १०:५३ मा प्रकाशित

काठमाडौँ,माघ ३ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष स्व.खगेन्द्र बहादुर बस्नेतको ९५औँ जन्म जयन्ती तथा ५३औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित व्हिलचियर रेस सम्पन्न भएको छ ।

मंगलबार बिहान जोरपाटी चोकबाट शुरु भएको उक्त व्हिल चियर रेस खगेन्द्र नवजीवन केन्द्रमा पुगेर सम्पन्न भएको हो । अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष साम्देन लामाले रिवन काटी रेसको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा पुरुष तर्फ प्रथम रमेश खत्री भएका थिए भने, दोस्रो रामकाजी मिजार र तेस्रो अर्जुन दोङ तामाङ हुनुभएको थियो ।

महिला तर्फ प्रथम एश्वर्य कुमारी कुमाल तथा दोस्रो पेमा गुरुङ र तेस्रो सुशिला शाही हुनुभएको थियो । उक्त प्रतियोगितामा ११ जना प्रतियोगीहरूको सहभागिता रहेको थिए ।

प्रतियोगितामा प्रथम दितीय र तृतीय सहित सहभागीहरुलाई माघ ५ गते नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष स्व. खगेन्द्र बहादुर बस्नेतको ९५औँ जन्म जयन्तीको अवसरमा आयोजना हुने समारोहमा पुरस्कार वितरण गरिने अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्ष साम्देन लामाले बताउनुभयो ।

उहाँले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष स्व.खगेन्द्र बहादुर बस्नेतको ९५औँ जन्मजयन्ती तथा ५३औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न खेलकुद,चित्रकला लगायतका कार्यक्रम भइरहेको बताउनुभयो । कार्यक्रममा मुख्य अतिथिमा रूपमा गोकर्णेश्वर नगरपालिकाको मेयर दिपक रिसाल रहने समेत जानकारी दिनुभयो ।

खगेन्द्र नवजीवन केन्द्र नेपाल अपाङ्ग संघ स्व.खगेन्द्र बहादुर बस्नेत

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार