Logo

फिल्म ‘डिसेम्बर फल्स’ को–स्टार उपासना भन्छिन्,’उमेर अन्तरले फरक पार्दैन ‘
दक्ष खबर

dakshya khabar ४ माघ २०७९, बुधबार ०८:२१ मा प्रकाशित

काठमाडौँ,माघ ४ । फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल सँगै ‘को–स्टार’ उपासना सिंह ठकुरी रहेका छन् ।

आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गरेका छन् । यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन् । अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताइन् ।

“डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरेँ । मलाई उमेर अन्तरले असर गरेको छैन । उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु”, अभिनेत्री ठकुरीले बताइन्, “अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन । यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।”

अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसक्नुभएको छ । उहाँ अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल हुनुहुन्छ ।

अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उहाँले विभिन्न प्रतिक्रिया पाएका थिए । “हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छ जस्तो लाग्दैन । यद्यपि सुहाउँदो भने हुनुपर्छ”, अभिनेत्री शाहले बताइन् ।

‘डिसेम्बर फल्स’

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार