Logo

विश्वकपपछि मेसी र रोनाल्डो आमने–सामने हुँदै
दक्ष खबर

dakshya khabar ५ माघ २०७९, बिहीबार १९:१९ मा प्रकाशित

काठमाडौँ । समयकालीन फुटबलका दुई चर्चित खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आज मैदानमा आमनेसामने हुदैँछन् ।

वर्षाैँदेखि फुटबल जगतमा मेस्सी र रोनाल्डोमाको सर्वोत्कृष्ट भन्ने अनवरत बहस चलिरहेको छ । तर, यसपालिको विश्वकप मेसीको अर्जेन्टिनाले जितेसँगै यो बहसमा पूर्णविराम लागेको उनका फ्यानहरूले भनाइ रहेको छ ।

रोनाल्डोले आफ्नो फुटबल करिअरमा धेरै कुरा हासिल गर्न सफल भए पनि विश्वकप ट्रफी उचाल्न सकेनन् । सम्भवतः मेसी र रोनाल्डो आमनेसामने हुने यो अन्तिम मौका पनि हुन सक्नेछ ।

विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेस्सी भने पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो । खेल नेपाली समयअनुसार १०ः४५ मा सुरु हुनेछ ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार