Logo

टी-२० क्रिकेट : स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको प्रहरीको दावि
दक्ष खबर

dakshya khabar १० माघ २०७९, मंगलवार २१:४४ मा प्रकाशित

काठमाडौँ । नेपाल टी–ट्वेण्टी क्रिकेट लिगमा भएको स्पट फिक्सिमा १० जनाको संलग्नता रहेको प्रहरीको दाबी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज पत्रकार सम्मेलन गर्दै फिक्सिङमा खेलाडी, व्यवस्थापक र विचौलिया गरेर १० जनाको संलग्नता देखिएको जनाएको हो ।

खेलाडीहरु आदिल आलम र मेहबुब आलमलाई हिजो सीआईबीले पक्राउ गरिसकेको छ । आदिलले प्रलोभनमै परेर नो बल र वाइड बल फालेको भेटिएको प्रहरीको दाबी छ ।स्पट फिक्सिङमा चार वटा फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ । काठमाण्डौ नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको सीआईबीले जनाएको छ ।

अहिलेसम्मको अध्ययन अनुसार ४ वटा खेलमा स्पट फिक्सिङ भएको देखिएको छ । वाइड, चौका, छक्का, नो, बल, नो रन लगायतमा खेलाडीलाई ६ लाखदेखि १० लाख रुपैयाँसम्म अफर गरेको पाइएको पनि सीआईबीको भनाइ छ ।

प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछिसीआईबीले अनुसन्धान थालेको थियो । यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।

नेपाल टी-२० क्रिकेट

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार