Logo

एन्फाद्वारा नयाँ सिजनको खेल तालिका सार्वजनिक, केपी ओली कप काठमाडौंमा फागुन ११ गतेदेखि
दक्ष खबर

dakshya khabar १० माघ २०७९, मंगलवार २१:५८ मा प्रकाशित

काठमाडौँ । अखिल नेपाल फूटबल संघ (एन्फा)ले नयाँ सिजनको लागि नकआउट फूटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले मंगलबार माघ २६ गतेदेखि चैत्र १८ गतेसम्म हुने फूटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार राजर्शी जनक गोल्डकप र मेयर कप फूटबल प्रतियोगिता माघ २६ गतेदेखि फागुन ६ गतेसम्म हुनेछ भने, मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ९ गतेसम्म हुनेछ । भद्रपुर गोल्डकप र तिलोत्तमा गोल्डकप फागुन ७ गतेदेखि फागुन १६ गतेसम्म हुने एन्फाले जनाएको छ ।

यस्तै केपी ओली कप फागुन ११ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुनेछ । बुढासुब्बा गोल्डकप फागुन १३ देखि २० सम्म सुनसरीमा हुनेछ भने, माई भ्याली गोल्डकप र इटहरी गोल्डकप चैत्र ४ देखि ११ सम्म हुनेछ । यस्तै विराट गोल्डकप र सिमारा गोल्डकप चैत्र ९ देखि १८ सम्म आयोजना हुनेछ ।

अखिल नेपाल फूटबल संघ

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार