काठमाडौँ । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्।
वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो।
बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।