पशुपति सिर्जनशील युवा क्लबद्वारा भिन्तुना र्‍याली सम्पन्न, आगामी वर्ष सन्ध्या पुस्तकालयले गर्ने

दक्ष खबर 13025+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार


काठमाडौँ । पशुपति सिर्जनशील युवा क्लबले नेपाल संवत् ११४४ को अवसरमा भिन्तुना र्‍याली सम्पन्न गरेको छ । करिब दशभन्दा बढि विभिन्न क्लबहरूको सहभागीतामा र्‍याली सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले, नेपाल संवत् को शुभकामना दिनुहुँदै नेपाल संवत् लाई राष्ट्रिय संवत् को रूपमा प्रचलनमा ल्याउन उपस्थित सबैको महत्त्वपूर्ण हात रहेको बताउनुभयो ।

त्यस्तै, काठमाडौं महानगरपालिका ८ का वडाअध्यक्ष आशामान संगतले नेपाल संवतको शुभकामना दिनुहुँदै पर्वहरूको उत्थान जगेर्ना र निरन्तरतामा सबैको उत्तिकै स्थान रहेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रम सम्पन्न गर्दै पशुपति सिर्जनशील युवा क्लवका अध्यक्ष सुमन डंगोलले नेपाल संवतको शुभकामना दिनुहुँदै र्यालीमा साथ सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद प्रकट गर्दै आगामी वर्ष सन्ध्या पुस्तकालयलाई यसको जिम्मेवारी हस्तान्तरण गरिएको बताउनुभयो ।


कार्यक्रममा क्लबका अध्यक्ष एवम् कार्यक्रमका संयोजक सुमन डंगोल, काठमाडौँ क्षेत्र-४ का प्रतिनिधि सभाका सदस्य एवं प्रमुख अतिथि गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजुकुमार खत्री र नेपाली कांग्रेस काठमाडौं क्षेत्र -४ सभापति श्यामकृष्ण संगत, काठमाडौँ महानगरपालिकाका सम्पदा तथा संस्कृति विभाग संयोजक एवं वडा ८ वडाअध्यक्ष अध्यक्ष आशामान संगत लागयतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा तथा राष्ट्रिय पौडी खेलाडी अदिप्शा बैद्यलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा क्लबको विभिन्न तह र तप्कामा रहेका काम गरिसक्नु भएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपाल संवत् का अवसरमा कामपा -८ भित्रका विभिन्न छ वटा क्लवहरूले नेतृत्व गर्दै परम्परालाई अगाडि बढाईरहेका छन् । यो भन्दा अगाडिको वर्ष जयवागेश्वरी युवा क्लबले यसको नेतृत्व गरेको थियो । र्‍यालीमा विभिन्न बाजागाजा सहित नेवार समुदायको पोशाकमा उल्लेख्य मात्रामा स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार