काठमाडौँ । जिल्ला होटल व्यवसायी संघ, काठमाडौँ र चिरायु नेशनल हस्पिटल बसुन्धराको बिच सहुलियत कार्ड (प्रिभिलेज कार्ड) वितरण सम्पन्न भएको छ ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल बिच गत बैशाखमा व्यापारिक सहकार्यको सम्झौता भएको र त्यस अन्तर्गत व्यवसायी संघका पदाधिकारी, सल्लाहकारहरूलाई विशेष छुट सुविधा सहितको प्रिभिलेज कार्ड वितरण गरिएको होटल व्यवसायी संघका अध्यक्ष शैलेश कार्कीले बताउनुभयो ।
व्यवसायी संघ मार्फत पठाउने बिरामीहरूलाई अस्पतालले दिने विभिन्न सेवाहरूमा विशेष छुटे दिने सम्झौता भएको संघका अध्यक्ष कार्कीले बताउनुभयो ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौँ, काठमाडौँमा रहेका विभिन्न आठ वटा इकाईहरूको छाता संघठन हो । यसले होटल व्यवसायीका हकहितमा काम गर्दै आईरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँल, चिरायु हस्पिटल विगत दश बर्षदेखि बसुन्धरामा अन्तराष्ट्रिय स्तरको र सर्वशुलभ स्वास्थ्य सेवा दिदैँ आइरहेको अस्पताल रहेको बताउनुभयो ।
अस्पतालका अपरेशन डाईरेक्टर चन्द्रेश्वर बैद्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष शैलेश कार्की प्रमुख अतिथी रहनुभएको थियो ।
त्यस्तै, विशिष्ट अतिथि होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य लक्ष्मण भण्डारी ज्ञानु गजुमेर, होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशका सदस्य कृष्ण भण्डारी र ललित जंग सिंह, होटल संघका का सल्लाहकार ऋषि कुमार चौलागाई देवराज नेपाल, संघका बरिष्ठ उपाध्यक्ष सुरेश बराल लगायत जिल्ला होटल व्यवसायी संघ काठमाडौँका उपाध्यक्षहरू लगायत कार्यसमितीका पदाधिकारी र सदस्यहरूको उपस्थिती रहेको थियो ।