पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ लोकार्पण

दक्ष खबर 10203+ समाचार ( )
२ आषाढ २०८०, शनिबार

काठमाडौँ । पत्रकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ लोकार्पण गरिएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच उक्त उपन्यास लोकार्पण गरिएको हो ।

साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारीले सहित लेखककी आमा फणिन्द्रकुमारी नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको हो । 

उपन्यास माथी पाण्डे, बानियाँ र अधिकारीले चर्चा परिपर्चा गर्नुभएको थियो ।लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेट्नु भएको छ ।  

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ । पत्रकारिताको दौरानमा केही समय निकालेर उपन्यास तयार गरेको नेपालले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार