हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर सर्वसाधरणका लागी खुल्ला

दक्ष खबर 6445+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर सर्वसाधरणका लागी खुल्ला गरिएकाे छ । रहेक वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर सर्वसाधरणका लागी खुल्ला गरिएकाे हाे ।

मन्दिर बिहानैदेखी खुला गरेर भक्तजनका लागी दर्शन गराइएकाे हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने, फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार