काठमाडौँ । गोकर्णेश्वर तालिन्चोक युवा क्लब तथा गोकर्णेश्वर नगरपालिका वडा-४ कार्यालयको आयोजनामा दोस्रो खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोगमा आगामी शनिवार रक्तदान कार्यक्रम हुन लागेको हो ।
पछिल्लो समय रगत आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
उक्त रक्तदान कार्यक्रम आगामी शनिवार बिहान १० बजेदेखि २ बजेसम्म निरन्तर रूपमा तालिन्चोक कृष्ण मन्दिर परिसरमा आयोजना हुने जनाइएको छ ।