घरेलु मैदानमा जित्ने राम्रो मौका छ : कप्तान नरेन भट्ट

दक्ष खबर 12604+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

काठमाडौँ । माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते (आइतबार) देखि हुने आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले आफ्‌नो तयारी राम्रो  रहेको बताएको छ । 

शनिबार विश्वकप एसिया छनोट कप्तानको भेटघाट पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान नरेन भट्टले यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा आफ्‌नो टोली  क्वालिफायरसम्मै पुग्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो  टिममा राम्रो  ब्यालेन्स  छ । त्यस्तो समस्या छैन ।  सबै  लेजेण्ड खेलाडि हुनुहुन्छ । कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ । आफ्‌नै  मैदानमा  भैइरहेको छ त्यस कारण जित्ने राम्रो मौका छ हाम्रो । हामी क्वालिफायर गर्छौ भन्ने  आशाका साथ मैदानमा उत्रिने छौं’

यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिता यही चैत ३१ देखि वैशाख ६ गतेसम्म खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । साथै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपीनप्रसाद शर्मा टोलीमा छन् । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार