स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रथम

दक्ष खबर 15600+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँँ । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा जिल्ला स्तरमा प्रथम स्थान हासिल गरेकाे छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले जिल्ला स्तरमा प्रथम स्थान हासिल गरेकाे हाे । 

गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरवासीलाई प्रदान गरिएकाे विविध स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा सो नगरपालिकाले अग्रस्थान हासिल गरेको हो।

नगर प्रमुख दिपक रिसालले, “हाम्रो नगरपालिकाले स्वास्थ्य सेवामा पहिलो स्थान प्राप्त गर्नु नगरवासीका लागि गर्वको विषय भएकाे बताउदैँ यसले हामीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रोत्साहित गर्ने बताउनुभयाे ।”

स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरू सफल भएको जनस्वास्थ्य कार्यालयका अधिकारीहरूले बताएका छन् ।

नगर अस्पतालले सबै नगरवासीका लागि निःशुल्क तथा सुलभ सेवाहरू निरन्तर विस्तार गर्दै आएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार