काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको टोखा शाखा एजेन्सी म्यानेजरमा सुदीप सुवेदी पदोन्नति हुनु भएको छ । सुवेदीलाई शाखा प्रमुख राजकुमार न्यौपानेले कार्य दक्षताका आधारमा पदोन्नति गर्नुभएको हो ।

उहाँले कम्पनीले दिएको कार्य क्षमतामा समयमै दक्षता हासिल गरेकाले पदोन्नति गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रमुख राजकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँले कम्पनीको कार्यदक्षताका आधारमा कम्पनीमा आवद्ध सदस्यलाई पदोन्नति गरिने बताउनुभयो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमा गराउँदै आइरहेको छ ।