
काठमाडौँ । नक्सालस्थित नन्दी माध्यमिक बिद्यालयको७६औँ बार्षिकोत्सव भब्यतापूर्वक सम्पन्न भएको छ । साउन ८ गते काठमाडौ महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सो बार्षिकोत्सव सम्पन्न भएको हो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर भित्रका सामुदायिक लगायत सबै किसिमका बिद्यालयले भबिष्यका हरेक चुनौती सामना गर्न सक्ने ज्ञानवान र क्षमतायुक्त विद्यार्थीहरुको निर्माणमा कृयाशील हुनुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरले विद्यालयका विद्यार्थीहरुलाई सीपमूलक गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सकेसम्मको साधन र श्रोतको सदुपयोग गर्ने बताउँदै उहाँले सामुदायिक बिद्यालायलाई आम शहरी विद्यार्थीको आकर्षणको केन्द्र बनाउनका लागि महानगरले सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
नन्दी मा बि एक ऐतिहासिक बिद्यालय रहेकोे र यसले आफ्नो स्थापनाको ७६औँ बार्षिकोत्सव मनाएकोमा आफू अत्यन्तै खुशी भएको बताउँदै उपमेयर डंगोलले नन्दी मा बि ले भविष्यमा पनि आफ्नो पहिचानलाई थप बलियो बनाउँदै अघि बढोस् भन्दै शुभकामना पनि ब्यक्त गर्नुभयो ।
बिद्यालयका प्रधानअध्यापक गीता काफ्लेले नन्दी माध्यमिक बिद्यालयले काठमाडौँ महानगरबाट पाइरहेको सबैखालको सहयोगका लागि धन्यवाद दिंदै बिद्यालयले प्राप्त गरेका भौतिक र शैक्षिक सफलताहरुको बारेमा बताउनुभयो ।
बार्षिकोत्सव समारोहमा सोही बिद्यालयका शिक्षक प्रभा खनाल पन्तले आफ्ना पतिको नाम समेत समावेस हुने गरि प्रभा प्रकाश पन्त अक्षय कोष संचालन गरि जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले २ लाख २ हजार २ सय २ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । उल्लेख्य शिक्षण गरे वापत शिक्षक मीनु देवकोटालाई रु ५००० नगद सहित सम्मानित गरिएको थियो ।
सो बार्षिकोत्सव समारोहमा विभिन्न उमेर समूहका विद्यार्थीहरुद्वारा विविध नेपाली संस्कृति झल्काउने पोशाक सहित नृत्य, गायन र कविता पनि प्रस्तुत गरिएका थिए । नन्दी मा बि का महिला शिक्षकहरुद्वारा राष्ट्रिय भाव झल्किने गीतमा सामूहिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।
विभिन्न खेलकुद प्रतियोगितामा विजयी शिक्षक र विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थयाे । साथै समारोहमा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्तिहरु समेत प्रदान गरिएको थियो ।
सो बार्षिकोत्सव समारोहमा काठमाडौँ महानगर वडा नम्वर १ का अध्यक्ष भरतलाल श्रेष्ठ, पूर्व राजदूत पदम सुन्दास, प्राज्ञ रमेश खनाल, नन्दी रात्री मा बि का प्र अ राजेश हुमागाईं, नन्दी मा बि का पूर्व प्र अ एवम् विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलसी सायमी, पूर्व प्र अ भोला प्रसाद, सामुदायिक प्रहरीका प्रमुख लगायत पूर्व शिक्षकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष भुवन घिमिरे सहित विद्यालय ब्यवस्थापन समितिका सदस्य सहित स्थानीय समाजसेवीहरु,अभिभावकहरु र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेकाे थियोे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशवराज घिमिरेको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव समारोहको कार्यक्रम सञ्चालन सोही बिद्यालयका शिक्षक रजनी आचार्यले गर्नुभएकाे थियाे ।
नमस्कार , समाचार सम्प्रेषणकाे लागि ह्रदय देखि नै धन्यवाद। अरू वेला पनि हुने नै छ । धन्यवाद । आज २०८०/०४/०८ गते नन्दी माध्यमिक विद्यालय ,कामपा -वडा नं.१,नक्सालकाे ७६ओैं वार्षिकोत्सब तथा अभिभावक दिवसकाे कार्यक्रमका प्रमुख अतिथि कामपाकाे उप प्रमुख सुनिता डङ्गाेल , विशेष अतिथि वडा नं.१का नक्सालका वडा अध्यक्ष भरत लाल श्रेष्ठ,अतिथि वडासदस्यहरूलगायत व्यवस्थापन समितिका पदाधिकारीहरू ,सल्लाहाकारहरू, नन्दी विद्यालयकाेषका पदाधिकारीहरू,छात्रवृत्ति दाताहरू,सहयाेग कर्ताहरू, चन्दादाताहरू, विभिन्न निकायका पदाधिकारी तथा प्रतिनिधिहरू,अन्य अतिथिहरू, अभिभावकहरू,विद्यार्थीहरू, नन्दी मा.वि.का प्रधानाध्यापक लगायत सबै शिक्षकहरू, पूर्व शिक्षक र विद्यार्थीहरू, नन्दी रात्री मा.वि.का प्रधान अध्यापक तथा शिक्षक, छात्रवृत्ति दिने दाता र पाउने विद्यार्थीहरू,सम्मानित हुने शिक्षक मिनु देवकाेटा ,अक्षयकाेषकाे लागि रकम प्रदान गर्नुहुने शिक्षक प्रभा खनाल,खेलकुदमा पुरस्कृत शिक्षकहरू र विद्यार्थीहरू ,विभिन्न नाच,गीत प्रस्तुत गर्ने विद्यार्थीहरू शिक्षकहरू, कार्यक्रम सफल पार्न जिम्मेवारी लिने शिक्षक एवं व्यक्तित्वहरू, नाच गान गर्ने सबै महानुभावहरू तथा आजकाे कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयाेग गर्ने सबै प्रति आभार व्यक्त गर्दै धन्यवाद दिन्छु। धन्यवाद । केशव प्रसाद घिमिरे 9841440983
गुणस्तरीय शिक्षा दिँदै आएकाे नन्दी मा. बि. परिवारलाई हार्दिक शुभकामना
धन्यवाद ।
Thank you so much .