अरूणोदय माध्यामिक विद्यालयद्वारा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

दक्ष खबर 8813+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

काठमाडौँ । अरूणोदय माध्यामिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक समारोहका बिच कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौँ क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले, 'अरूणोदय माध्यामिक विद्यालयको स्थापना ठुलो संंघर्षका साथ गरिएको बताउनुभयो । ' उहाँले, 'विद्यालयमा पढेका विद्यार्थीहरू कहाँ कहाँ पुगे पनि शिक्षकहरू सधैं विद्यालयमै रहने र अहिले विषयगत शिक्षा भन्दा पनि जिवनोपयोगी तथा स्वावलम्बी, गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।'

त्यस्तै, गोकर्णेेश्वर नगरपालिकाका मेयर दिपक रिसालले, 'विद्यार्थीहरूले विद्यालयगत शिक्षा सँगसँगै विदेशीने लक्ष्य लाई त्यागेर नेपालमै बसेर महत्त्वपूर्ण काम गर्न आवश्यक रहेको बताउनुभयो ।'

अरूणोदय माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा गोनपा वडा ९ का वडाअध्यक्ष राजिव थापाले कार्यक्रमको अन्त्य गर्दै, 'विद्यालयको प्रगति नै आफुहरूको दक्षता रहेको बताउनुभयो ।' उहाँले, 'यस विद्यालय सञ्चालन तथा स्थापनाकाल देखि नै धेरै जनाको योगदान रहेकाले भावि दिनमा यसलाई सबैले कदर गर्न योग्य विद्यालय बनाउन आफुहरू लागेको बताउनुभयो ।'

विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान तथा बदाई ज्ञापन गरिनुका साथै नव आगन्तुक विद्यार्थीहरूलाइ स्वागत गरिएको थियो ।


कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्दै सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यलयका शिक्षकहरू श्रीजन ढुगाना, दिपेन्द्र कार्की, निरञ्जन लामा तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरिएकोको थियो ।

अरूणोदय माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा गोनपा वडा ९ का वडाअध्यक्ष राजिव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा काठमाडौँ क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे रहनु भएको थियो । त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरी रहनुभएको थियो ।

त्यस्तै, विशेष अतिथिका रूपमा गोकर्णेेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, गोनपाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्मा, पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद नेपाल गोनपा -८ का वडाअध्यक्ष नन्दलाल श्रेष्ठ, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, गोनपाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणी शर्मा, गोनपा ९ का वडा सदस्यहरू उमेश चालिसे, कृष्ण कारञ्जित, लक्ष्मी गुरूङ, गमला परियारलगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारि सहित विद्यार्थी, अभिभावक, शिक्षक शिक्षीका तथा विद्यालयको विभिन्न तह र तप्काका व्यक्तिहरूको सहभागीता रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार