काठमाडौँ । काठमाडौँको चावहिल क्षेत्रमा रहेको सेन्ट लरेन्स स्कुल/कलेज प्रेस्टिजियस प्लस टु अवार्डबाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सेन्ट लरेन्स स्कुल/कलेज सम्मानित भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना एक समारोहकाबिच शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सेन्ट लरेन्स कलेजका प्रधानाचार्य पुरूषोत्तम महर्जनलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान गरिएको थियो ।
सम्मान ग्रहण पछि प्रतिक्रिया दिदैँ सेन्ट लरेन्स कलेजका प्राचार्य पुरूषोत्तम महर्जनले आजसम्मको सेन्ट लरेन्सको देन, विद्यार्थीहरूको नतिजा र कलेजको म्यानेजमेन्ट उत्कृष्ट रहेकाले यस अवार्ड प्राप्त गर्न सफल रहेको बताउनुभयो ।
उहाँले, प्लस टु अध्यायको उत्कृष्ट गन्तव्य सेन्ट लरेन्स रहेकाले आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सेन्ट लरेन्सको गुणस्तरीयता थाहा पाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सेन्ट लरेन्स चावहिल क्षेत्रको एक उत्कृष्ट कलेजका रूपमा स्थापित कलेज हो ।