काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ मा रहेको जयवागेश्वरी नवाली टोलमा 'पाहाँचरे इस्ट्रिट फेस्टिबल' हुने भएको छ । सन्ध्या पुस्तकालयको आयोजनामा 'पाहाँचरे इस्ट्रिट फेस्टिबल' आयोजना गरिएको हो ।

संस्कृति, खाना र विभिन्न चाडर्पवहरूको संरक्षणका लागि बच्छ्लेश्वरी जात्रालक्षित फेस्टिबल आयोजना गर्न लागिएको सन्ध्या पुस्तकालयले जनाएको छ ।
आयोजक संस्था सन्ध्या पुस्तकालयले 'पाहाँचरे इस्ट्रिट फेस्टिबल' का माध्यमबाट जात्रा, पर्व, संस्कृति, रितिरिवाज सँगसँगै स्थानीय परिकारहरूको विश्वव्यापी पहुँचका लागि कार्यक्रम गर्न लागिएको जनाएको छ ।
उक्त फेस्टिबललाई निरन्तरता दिन र यस स्थानमा हुने विभिन्न जात्रा पर्व संस्कृतिलाई बढावा दिदैँ विश्वमाझ नेवारी रितिस्थितिको प्रबर्द्धनमा टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको र युवापुस्तालाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
विभिन्न तह र तप्काका ब्यक्तिहरूको उपस्थिति रहने फेस्टिबलमा विभिन्न स्थानीय कलाकार, बाजा गाजा बासुरी नृत्य लगायतका प्रस्तुति रहने छ भने कार्यक्रमको मुख्य आकर्षकका रूपमा गायक कुमा सागरको प्रस्तुति रहने बताइएको छ ।
विगतका केही वर्षदेखि चर्चामा रहेका गायक कुमा सागर सँगसँगै उहाँको ख्वप: ब्यान्डको समेत प्रस्तुति रहने छ भने एला लुबया गीतका रोज मान महर्जन तथा निशा देशारको पनि प्रस्तुति रहने बताइएको छ ।